नयाँ सामाजिक सुरक्षा भत्ताको दर कायम, कसले कति पाउँछन् ? « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नयाँ सामाजिक सुरक्षा भत्ताको दर कायम, कसले कति पाउँछन् ?


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । बढेको सामाजिक सुरक्षा भत्ता दरको सूची सार्वजनिक भएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रिपरिषद्को भदौ १६ गतेको बैठकले आर्थिक वर्ष २०७८/०८९ को बजेट वक्तव्यमार्फत ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ताको मासिक भत्ता दर यही साउन १ गतेदेखि लागू हुने गरी कायम गर्न भनेको हो ।

नयाँ सामाजिक सुरक्षा भत्ता दर

ज्येष्ठ नागरिक(७० वर्ष उमेर पुगेको) : मासिक ४०००

अन्य ज्येष्ठ नागरिक(६० वर्ष उमेर पुगेका साबिक कर्णालीका जिल्लाहरूका नागरिक र ६० वर्ष उमेर पुगेका देशभरिका दलित नागरिक) : मासिक २६६०

एकल/विधवा महिला मासिक : मासिक २६६० रुपैयाँ

पूर्ण अपाङ्गता भएका : मासिक ३९९०

अति अशक्त अपाङ्गता : मासिक २१२८

लोपोन्मुख आदिवासी जनजाति : मासिक ३९९०

बालबालिका : मासिक ५३२

Tags :
प्रतिक्रिया दिनुहोस