शहरी विकास मन्त्रालयमा २८९ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शहरी विकास मन्त्रालयमा २८९ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । शहरी विकास मन्त्रालयमा दुई सय ८९ जना राजपत्राङ्कित श्रेणीका अस्थायी दरबन्दीहरू स्वीकृत गरिएको छ ।

मन्त्रालयले गतसाता बसेको मन्त्रिपरिषद् बैठकबाट विकास आयोजना तथा कार्यक्रमको लागि भन्दै ती दरबन्दीहरू स्वीकृत गराएको हो । शहरी विकास अन्तर्गतका विकास आयोजना/कार्यक्रमहरूको लागि अत्यावश्यक जनशक्तिको व्यवस्था गर्न सालबसाली रूपमा अस्थायी दरबन्दी स्वीकृत गरी कार्य सञ्चालन गर्दै आएको जनाउँदै मन्त्रालयले यस आर्थिक वर्षका लागि दुई सय ८९ पद स्वीकृति गराएको छ ।

गत वर्ष पनि राजपत्राङ्कित श्रेणीका दुई सय ९२ अस्थायी दरबन्दी स्वीकृत गराएको थियो ।

अस्थायी दरबन्दीमा कर्मचारी दुई तरिकाबाट पठाउने गरिन्छ । पहिलो, दरबन्दी अस्थायी तर त्यहाँ स्थायी कर्मचारीबाटै पठाउने गरिन्छ भने दोस्रो, आफ्ना तथा आफन्तहरूलाई जागिर खुवाउनका लागि करारमा राख्ने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस