प्रतिनिधिसभामा विरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभामा विरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिएका थिए ।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो । सभाको अर्को बैठक यही भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस