वागमतीका नयाँ १० मन्त्रीले लिए सपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वागमतीका नयाँ १० मन्त्रीले लिए सपथ


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । वागमतीका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेकी थिइन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । आज थपिएका मन्त्रीहरूसहित अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री शाक्यले अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, चन्द्र लामालाई भुमि व्यवस्था, कृषि तथा सहकारि मन्त्रालय र रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्ती गरेकी छन् ।

त्यस्तै शान्तिप्रसाद पौडेल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् भने, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्रालय, विजय सुवेदी सामाजिक विकाश मन्त्रालय र सरस्वती बाटी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा नियुक्त भएका छन् ।

बद्री मैनाली भुमि व्यवस्था, कृषि तथा सहकारि मन्त्रालय, जुनेली श्रेष्ठ सामाजिक विकाश मन्त्रालय र जीवन खड्का भौतिक पुर्वाधार विकाश मन्त्रालयमा नियुक्त गरिएकाे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस