२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ दल दर्ताको गृहकार्यमा साह

अ+ अ-

काठमाडौँ। पूर्व मन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा समेत सक्रिय थिए ।

नेकपामा विवादपछि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै उनको सरकारमा मन्त्रीसमेत बनेका थिए । तर, सर्वोच्च अदालतको फैसलापश्चात् एमाले ब्युँतिएपछि यथास्थितिवादी भन्दै एमालेलाई स्वीकार नगरी उनी क्रान्तिकारीहरूको ध्रुवीकरणमा लागेका छन् ।

नेकपा विघटन भएदेखि नै साहले नेकपा एमाले नभई नेकपाकै निरन्तरताका रूपमा अगाडि बढ्नुपर्ने, माओवादी पक्षलाई सहअस्तित्वका रूपमा स्विकार्नुपर्ने, नेकपाले अवलम्बन गरेकै विचारलाई पार्टीको विचार मान्नुपर्नेजस्ता माग राखेर यथास्थितिमा एमाले स्विकार्न नसक्ने स्पष्ट पारिसकेका छन् ।

तर, एमाले अध्यक्ष ओली यथास्थितिमै बस्न खोजेको आरोप लगाउँदै पूर्व मन्त्री साह क्रान्तिकारीहरूको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिने दिशामा अगाडि बढ्न नयाँ दल दर्ताको अभियानमा जुटेका छन् ।

साह अहिले क्रान्तिकारी ध्रुवीकरणमा केन्द्रित भएको उनी निकट एक नेताले बताए । ‘उहाँ लगातार कम्युनिस्ट एकताका लागि लड्दै आउनुभएको नेता हो । माओवादीमा हुँदा होस् चाहे नेकपामा, उहाँ निरन्तर पार्टी एकताको स्पिरिटमा काम गर्नुभएको तपाईँ हामी सबैले देखेका छौँ । सबै नेताहरू पदकै लागि एकता भाँडिरहेको बेला उहाँले प्रदेश अध्यक्षबाट राजीनामा समेत दिनुभएको थियो,’ ती नेताले भने, ‘देशमा राजनीतिक सङ्कट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले क्रान्तिकारीहरूको ध्रुवीकरण आजको आवश्यकता बनेको छ । र उहाँ अहिले त्यही दिशामा केन्द्रित हुनुभएको छ ।’