घुस रकमसहित जिल्ला प्रशासन कार्यालय धनुषाका नासु अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस रकमसहित जिल्ला प्रशासन कार्यालय धनुषाका नासु अख्तियारको नियन्त्रणमा


२२ भाद्र २०७८, मंगलबार


अख्तियार

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सेवाग्राहीसँग घुस लिने एक नायव सुब्बालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरीलाई अख्तियारको बर्दिवासबाट खटिएको टोलीले ८ हजार रुपैयाँ घूससहित मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीलाई नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने नाममा घूस लिँदै गरेको भन्ने सुचनाको आधारमा नायब सुब्बा चौधरीलाई मंगलबार साँझ घुस रकमसहित पक्राउ गरेको हो ।

जनकपुरधामको क्याम्पस चोकस्थित एक होटेलमा बसेर घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

नासु चौधरीविरुद्व थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस