ब्रिक्सको १३औँ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले अध्यक्षता गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ब्रिक्सको १३औँ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले अध्यक्षता गर्ने


२२ भाद्र २०७८, मंगलबार


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीबार भर्चुअल माध्यमबाट आयोजना हुने १३औँ ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्ने भारत सरकारले मङ्गलबार घोषणा गरेको छ ।

शिखर सम्मेलनमा ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाका नेताको पनि सहभागीता जनाउने छन् ।

ब्रिक्स शिखर सहयोगमा निरन्तरता र सहमतिको लागि भारतले बहुपक्षीय प्रणालीमा सुधार, आतङ्कवादको प्रतिरोध, दीगो विकास लक्ष्य हासिल गर्नका लागि डिजिटल र टेक्नोलोजी उपकरणको प्रयोग गरी जनताको आदानप्रदान बढाउने गरी चार प्राथमिकता क्षेत्रको रूपरेखा बनाएको जनाइएको छ ।

यी क्षेत्र बाहेक ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्ने नेता कोभिड–१९ महामारीको प्रभाव र अन्य वर्तमान अवस्थाको र क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस