नेपाल बैंकका कर्मचारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल बैंकका कर्मचारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंकको सर्लाही मलंगवास्थित शाखाका सहायक कर्मचारी सन्तोषविक्रम शाहसहित तीनजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लालबन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको आरोपमा शाहसहित तीनजनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

यस्तै भुक्तानी जमानत तयार पारेको आरोपमा लोकबीर बेताली–पाँच कुमारी जेभीका साझेदारहरु अनिल गुप्‍ता र शिवनन्दन पासवानविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

अख्तियारले उनीहरुविरुद्ध ४२ लाख रुपैयाँ विगो मागदावी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस