मनाङका स्थानीय तह प्रशासकीय अधिकृत विहीन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मनाङका स्थानीय तह प्रशासकीय अधिकृत विहीन


२२ भाद्र २०७८, मंगलबार


रकम

मनाङ । मनाङका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन् । जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन् ।

सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत समेत जिल्लामा आइपुगेका छैनन् । बाढीपहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उनीहरुलाई जिल्ला आउन समस्या भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले पनि कर्मचारी आउन ढिलाइ भएको हुनसक्ने बताए। प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका काम अगाडि बढाउनसमेत समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।

जिल्लाका विभिन्न कार्यालय प्रमुख समेत सरुवा भएका छन् । दुई महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारीविहीन भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस