पहिरोले पाटन–पञ्चेश्वर सडक अवरुद्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहिरोले पाटन–पञ्चेश्वर सडक अवरुद्ध


२२ भाद्र २०७८, मंगलबार


बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ । पाटन नगरपालिका–६ स्थित चानपुरमा गए राति पहिरोले सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा तल्लो स्वराडबाट सदरमुकाम गढी गोठलापानी, डडेलधुरा, धनगढी, महेन्द्रनगरलगायत ठाउँका लागि छुटेका तथा तल्लो स्वराड भित्रिने सवारीसाधन बीच बाटोमै थन्किएका छन् ।

सडक अवरुद्ध हुँदा अस्पताल जान लागेका बिरामीसमेत बीच बाटोमै अलपत्र परेका छन् ।

अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख रामदत्त भट्टले जानकारी दिए । उनले भने, ‘पहिरो पन्छाउने काम भइरहेको छ, पहिरो लगातार खसिरहेका कारण सडक खुलाउन समय लाग्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस