ओलीको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको मुद्दामा सर्वोच्च अदालतले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।

नेकपा एमालेले माधव नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगराएको भन्दै सङ्घ र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध रिट दायर गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले उक्त रिटमा अन्तरिम आदेश दिने/नदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई झिकाउने आदेश दिएको हो।

यसै गरी नेकपा (एकीकृत समाजवादी) को दर्ता गैरकानूनी भएको भन्दै बदर गर्न मागसहित निर्वाचन आयोग विरुद्धको रिटमा लिखित जवाफ मागेको छ ।

प्रधानन्यायाधीश राणाको एकल इजलासले १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ मागेको हो । आदेशअनुसार जवाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुनेछ ।

अध्यक्ष ओलीको रिटमा रमेश बडाल, बाबुराम दाहाललगायतले बहस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस