पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खुल्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पशुपतिनाथ मन्दिर असोज १ गतेदेखि खुल्ने


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ पशुपतिनाथ मन्दिर आगामी असोज १ गतेदेखि पूर्ण रुपमा खुला हुने भएको छ ।

कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर खुला गर्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिए।

सदस्य सचिव थापाका अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार नै मन्दिर दर्शनका लागि खुला गर्ने निर्णय भएको हो ।

असोज १ गतेदेखि नै पशुपतिमा विशेष पूजा पनि सुरु हुनेछ । दर्शनार्थीले तोकिएको रकम तिरेर विशेष पूजा गर्न पाउने छन् ।

अहिलेसम्म पशुपतिनाथमा नियमित नित्य पूजा मात्रै हुँदै आएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि गएको वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्ति पीठ भक्तजनका लागि बन्द गरिएको थियो । असोज १ गतेदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गरिने कोषले जनाएको छ ।

२०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । १० महिनापछि २०७७ साल पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस