पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध


२२ भाद्र २०७८, मंगलबार


मुग्लिन । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुई तर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरो स्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए। पहिरो ठुलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस