यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । सरकारले राष्ट्रिय जनगणना २०७८ संशोधित कार्य तालिका स्वीकृत गरेको छ । कोरोना भाइरसका कारण प्रभावित हुँदै आएको जनगणना सञ्चालनका लागि नयाँ कार्य तालिका स्वीकृत गरेको सरकारले नयाँ कार्य तालिका भने राजपत्रमा प्रकाशित गरी लागु गर्नेछ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बसेको मन्त्रिपरिषद् बैठकले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राप्त विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायता स्वरूप प्राप्त हुने ५० मिलियन अमेरिकी डलर९करिब पाँच अर्ब ५४ करोड बराबर० को ऋण सहायता स्वीकार गरेको छ । अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत नै प्राप्त नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि प्राप्त हुने ५० मिलियन अमेरिकी डलर ९पाँच अर्ब ५४ करोड अमेरिकी डलर बराबर० सहुलियतपूर्ण ऋण पनि स्वीकार गरेको छ ।

मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तन सम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपालका तर्फबाट सहभागिता जनाउन पनि अनुमति दिएको छ ।

यसैगरी दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका ब्यारेक भवन निर्माण प्रयोजनका लागि आठ हजार पाँच सय क्युबिक फिट सल्लो प्रजातिको गोलिया काठ सङ्कलन गरी प्रयोग गर्न अनुमति प्रदान गरेको छ ।

बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।

त्यस्तै निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस