असोज १ गतेदेखि उपत्यकामा विद्यालय खोल्ने तयारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

असोज १ गतेदेखि उपत्यकामा विद्यालय खोल्ने तयारी


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । काठमाडौँ जिल्लामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी भएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको छ ।

भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षक–कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्नेछ ।

त्यसको आधारमा डीसीसीएमसीले विद्यालय खुलाउने अनमुति दिएको हो ।

सोमबारको बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारी, काठमाडौँका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख, सुरक्षा अधिकारी र अभिभावक प्रतिनिधि सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस