अनेरास्ववियूले मीनभवन क्याम्पस अगाडि गर्‍यो गृहमन्त्रीको पुत्ला दहन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अनेरास्ववियूले मीनभवन क्याम्पस अगाडि गर्‍यो गृहमन्त्रीको पुत्ला दहन


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ ।

दार्चुलामा नेपाली युवक तुइनबाट महाकालीमा खसेको विषयलाई लिएर गरेको विरोध प्रदर्शनबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको विरोधमा अनेरास्ववियूले गृह मन्त्रीको पुत्ला जलाएको हो ।

अनेरास्ववियूले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको बाहिर गृहमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस