बीपी प्रतिष्ठानको कार्यलयमा तोडफोड « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बीपी प्रतिष्ठानको कार्यलयमा तोडफोड


२१ भाद्र २०७८, सोमबार


विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा एक समूहले तोडफोड गरेको छ । काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको भन्दै राजनीतिक दल सम्बद्ध कार्यकर्ताहरुले प्रदर्शन गर्दै उपकुलपतिको कार्यालयमा तोडफोड गरेका हुन् ।

बीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेका छन् । सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा हुन् ।

काम छाडेको विरोधमा लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध युवाहरुले प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला प्रदर्शनकारीले फोडेका थिए ।

सोमबार दिउँसो केही समय प्रदर्शन भएपछि अहिले अवस्था सामान्य रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस