चलचित्र ‘ग्रीन बर्ड’ को छायाँकन भदौ २५ बाट सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चलचित्र ‘ग्रीन बर्ड’ को छायाँकन भदौ २५ बाट सुरु


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । चलचित्र ‘ग्रीन बर्ड’को छायाँकन भदौ २५ गतेबाट सुरु हुने भएको छ । योे चलचित्रको छायाँकन चितवन र नवलपरासीमा गरिने छ । यो चलचित्रमा नायिका सुरक्षा पन्तसँगै कमलमणी नेपाल र अफरान अलीकोे मुख्य भूमिका रहेको छ ।

यो चलचित्रलाई प्रमोद कँडेलले निर्देशन गर्दैछन् । प्रमोदको यो डेब्यू चलचित्र पनि हो ।

योङ स्टार सिनेमाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले परिवार र समाजको परिधी भन्दा बाहिर गएर स्वतन्त्र तरिकाले जीवन जिउन चाहने एक यूवतीको संघर्षको कथालाई पर्दामा देखाउनेछ । प्रमोेदकै कथा र पटकथा रहेको यो चलचित्रमा कात्तिक स्मित कर्नाटकको छायाँकन, अन्जय खड्काकोे सम्पादन रहनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस