बैतडीका २० जना जनप्रतिनिधि एमाले परित्याग गरी एकीकृत समाजवादीमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैतडीका २० जना जनप्रतिनिधि एमाले परित्याग गरी एकीकृत समाजवादीमा


२१ भाद्र २०७८, सोमबार


बैतडी। बैतडीका २० जना जनप्रतिनिधिले एमाले परित्याग गरेका छन् ।

उनीहरुले आजै सोमबार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका २० जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको जानकारी दिए ।

नेकपा (एकीकृत समाजवादी) ले बैतडी सदरमुकाममा पार्टी कार्यालय स्थापना गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस