एमसिसी कार्यान्वयन गरौँ : भट्टराई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमसिसी कार्यान्वयन गरौँ : भट्टराई


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिसी) पास गराउन आह्वान गरेका छन्।

डा. भट्टराईले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमसिसीबारे आफ्नो धारणा राखेका हुन्।

हिजो (आइतबार) मध्यरातमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौँ : उच्चस्तरीय राजनीतिक /कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौँ, चीनसँगका, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ, अमेरीकासँग चिठी आदानप्रदानसहित एमसिसी कार्यान्वयन गरौँ। युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौँ !।

Tags :
प्रतिक्रिया दिनुहोस