काठमाडौँ उपत्यकामा ५ घण्टामा १२१ मिलिमिटर वर्षा, राति फेरि पानी पर्ने सम्भावना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौँ उपत्यकामा ५ घण्टामा १२१ मिलिमिटर वर्षा, राति फेरि पानी पर्ने सम्भावना


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । काठमाण्डौमा पछिल्लो ५ घण्टामा १ सय २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।

यो वर्ष मनसुनमा काठमाण्डौमा पहिलो पटक छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । एकै पटक परेको ठुलो वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण स्थानीय वायु पनि सक्रिय हुँदा मेघ गर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन् । अहिले भने पानी पर्न रोकिएको छ ।

वाग्मती प्रदेशका एक दुई ठाउँमा पानी परे पनि अन्त रोकिएको मौसमविद् मिनकुमार अर्यालले बताए ।

अहिले पानी पर्न रोकिए पनि आज राति पनि ठुलो वर्षाको सम्भावना छ । राति वाग्मतीसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस