काठमाडौँ उपत्यकामा ३८२ घर डुबानमा, १३८ जनाको उद्धार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ उपत्यकामा ३८२ घर डुबानमा, १३८ जनाको उद्धार


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

गए रातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालीमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

एसएसपी सिंहका अनुसार मानवीय क्षति भने भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस