बनेपाको पुल बजार क्षेत्र डुबानमा « प्रशासन
Logo ५ जेष्ठ २०७९, बिहिबार
   

बनेपाको पुल बजार क्षेत्र डुबानमा


२१ भाद्र २०७८, सोमबार


काभ्रेपलान्चोक । आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ ।

डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालन समेत अवरुद्ध भएको छ ।

पुल बजारका केही घरका पहिलो तल्ला डुबेका छन् । केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ ।

हालसम्म मानवीय क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस