तालिबानमाथि आठ महिनाकी गर्भवती महिला सुरक्षाकर्मीको हत्या गरेको आरोप « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तालिबानमाथि आठ महिनाकी गर्भवती महिला सुरक्षाकर्मीको हत्या गरेको आरोप


२१ भाद्र २०७८, सोमबार


काठमाडौँ। अफगानिस्तानमा सत्ता सम्हालेको तालीबानमाथि एक महिला प्रहरीको हत्या गरेको आरोप लागेको छ ।

आठ महिनाकी गर्भवती ती महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान् र छोराछोरीको सामुन्ने हत्या गरेको हो ।

ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेको छ । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षत विक्षत पारेको जनाइएको छ ।

स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन । अफगानिस्तानमा पछिल्लो समय अधिकार माग गर्दै महिलाहरुले गरेको प्रदर्शनमा उनी संलग्न भएको आशङ्कामा मारिएको हुन सक्ने जनाइएको छ ।

ती महिलाको शवको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । तालीवानले भने घटनाबारे अनुसन्धान गर्ने बताएको छ ।

यसैबीच तालीवानले महिला अधिकारको समर्थनमा भएको प्रदर्शनमा संलग्नहरुलाई खोजी खोजी कारबाही गर्न थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस