देउवाले बोलाए शीर्ष नेताहरुको बैठक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

देउवाले बोलाए शीर्ष नेताहरुको बैठक


२१ भाद्र २०७८, सोमबार


नेपाली काँग्रेस

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज (सोमबार) शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

बैठक बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइरालासहितका नेताहरू सहभागी हुनेछन्।

सभापति देउवाले हतारमा निर्वाचन निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने बताइएको छ।

निर्वाचन निर्देशिकामा प्रतिनिधित्व बढाउनको लागि नेताहरु फर्मूल्ला मन्सुर, मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अब्लुल सतार, जीवन परियारसहितका नेताहरुले देउवालाई भेटेर लबिङ गरेका थिए। निर्वाचन निर्देशिकामा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य मीन विश्वकर्माले राजीनामा नै दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस