लोक सेवाद्वारा नासुको अन्तर्वार्ता स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवाद्वारा नासुको अन्तर्वार्ता स्थगित


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । लोक सेवा आयोगले यही भदौ २१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण परीक्षा अनिश्चितकालीन स्थगित गर्ने निर्णय गरेको छ । आयोगको आज(आइतबार) बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

आयोग(अध्यक्ष स्तर)को निर्णयले धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट आर्थिक वर्ष २०७६-०७७ मा विज्ञापन भई २०७८-०५-११ गतेदेखि कम्प्युटर सीप परीक्षण सञ्चालन गरिएको राजपत्र अनङ्कित प्रथम श्रेणी(अप्रा), नायब सुब्बा वा सो सरह पदका नेपाल प्रशासन सेवा(सामान्य प्रशासन, लेखा, राजश्व समूह) र व्यवस्थापिका संसद् सेवा(सामान्य प्रशासन समूह) का मिति २०७८-०५-२१ गतेदेखि अन्तर्वार्ता हुन बाँकी सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको हो ।

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश बमोजिम परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस