२२ कर्मचारीलाई जापान छात्रवृत्तिको अवसर, कर्मचारीको नामावली पठाउन सूचना जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२२ कर्मचारीलाई जापान छात्रवृत्तिको अवसर, कर्मचारीको नामावली पठाउन सूचना जारी


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । जेडीएस-२०२२ छात्रवृत्तिका लागि कर्मचारीको नामावली पठाउन सूचना जारी गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रालय, निकाय तथा अन्तर्गत कार्यरत निजामती कर्मचारी मनोनयन गरी पठाउन भनेको हो । उपयुक्त उम्मेदवार मनोनयन गरी मनोनीत कर्मचारीको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाउन भनिएको छ ।

जारी सूचनाअनुसार दुई जना पिएचडी र २० जना मास्टर्स डिग्री गरी कुल २२ जनाको सिट रहेको छ ।

साथै तालिम तथा अध्ययन कार्यक्रममा उम्मेदवार मनोनयन गर्दा कार्यक्रमसँग असम्बन्धित व्यक्तिको मनोनयन भई सम्बन्धित स्थानबाट कनफरमेसन नआएमा सो निकायलाई २ पटकसम्म छात्रवृत्तिमा समावेश नगर्ने निर्णयसमेत भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस