प्रदेश–२ मा तीन सांसदले रोजे लोसपा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश–२ मा तीन सांसदले रोजे लोसपा


२० भाद्र २०७८, आइतबार


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

आइतबार लोसपा रोज्नेमा अभिराम शर्मा, रानी कुमारी तिवारी र उपेन्द्र महतो छन् । तीनैजना सांसदले जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोसपामा सनाखत गरेको हुन् ।

यी तीनजना सांसदले सनाखत गरेसँगै प्रदेश २ मा लोसपा सांसदको संख्या १५ पुगेको छ । यसअघि १२ जनाले सनाखत गरेका थिए ।

परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी, डिम्पल झा, प्रहलाद गिरी गोस्वामी र गौरीनारायण साहले सनाखत गरेका थिए । सनाखत गर्ने गोस्वामी पूर्व मधेशी जनअधिकार फोरमबाट र बाँकी सबै पूर्व राजपाबाट निर्वाचित भएका सांसद हुन् ।

आइतबार धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले पनि लोसपामा सनाखत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस