सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान


२० भाद्र २०७८, आइतबार


धनगढी । सुदूरपश्चिमको रेफरल धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको छ ।

स्वास्थ्य सेवा विभागले खरिद गरेर पठाएको दुई हजार लिटर क्षमताको लीक्वीड अक्सिजन प्लान्ट जडानको काम शुरु गरिएको हो ।

अक्सिजन रिजर्व प्लान्टको फिलिङ स्टेशन भने आउन बाँकी छ । अबको २५ दिनमा फिलिङ स्टेशन पनि आइपुग्छ ।

प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन भण्डारण गरेर राखेर आवश्यकता परेका बेला आपुर्ति गर्न सकिने विश्वास गरिएको छ ।

सेती प्रादेशिक अस्पतालले लिक्विड अक्सिजन प्लान्ट खरीदका लागि टेण्डर आह्वान गरेपनि रद्द भएको थियो । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट जडान गरेर सञ्चालनमा ल्याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस