प्रदेश-२ मा एमालेका थप दुई सांसदले गरे नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश-२ मा एमालेका थप दुई सांसदले गरे नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । प्रदेश-२ मा नेकपा एमालेका थप २ जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन्।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङले आज (आइतबार) जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्।

गत मंगलबार एमालेका ११ जना सांसदसँगै उनीहरूले सनाखत एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने बताइए पनि अन्तिम समयमा उनीहरू फेरि एमालेका कार्यक्रममा सहभागी भएका थिए।

मौसम खराब भएको कारण देखाउँदै मंगलबार एकीकृत समाजवादीमा सनाखत गर्न नआएका उनीहरू दुवै जना वीरगन्जस्थित एमालेले आयोजना गरेको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए।

यसअघि एमालेमा रहँदासमेत पटक-पटक दुबै जना सांसदले कित्ता परिवर्तन गर्दै आएका थिए। एमालेबाट निर्वाचित २१ जना प्रदेश सभा सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् भने ८ जना एमालेमै रहने भएका छन्।

शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव सुन्दर विश्वकर्मा, सीता गुरुङ एकीकृत समाजवादी रोजेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस