त्रिविको दीक्षान्त समारोहका लागि सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

त्रिविको दीक्षान्त समारोहका लागि सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत आवेदन फारम सङ्कलन गर्न सुरु गर्दै छ । भोलि (सोमबार) देखि अनलाइन आवेदन भर्न सकिने छ ।

२०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई दीक्षित गर्न अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको हो ।

यस अवधिमा ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुको सङ्ख्या करिब ३० हजार रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् ।

अनलाइन फारम भरेका विद्यार्थीहरुका लागि आगामी पुसभित्रै दीक्षान्त समारोह आयोजना गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस