कोरोना सङ्क्रमितको चाप घट्दै गएपछि टेकु अस्पतालका शैय्या खाली हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना सङ्क्रमितको चाप घट्दै गएपछि टेकु अस्पतालका शैय्या खाली हुँदै


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना सङ्क्रमितको चाप घट्दै गएको छ।

अस्पतालका अनुसार आइसियु २४ शैय्या मध्य १६ शैय्या, एचडियु ४० मध्ये २२ शैय्या र इमरजेन्सी वार्डमा २० मध्ये ४ जना मात्रै उपचाररत छन् ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले अस्पतालमा सङ्क्रमितको चाप घटेको बताएका छन् । अस्पतालको इमरजेन्सी कक्ष खालि हुँदै गएको छ ।

कुनै बेला गम्भीर सङ्क्रमितको शैय्या अभावमा अस्पतालको प्राङ्गणमा उपचार गर्नुपर्थ्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस