आजको मौसम : प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम : प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । आज (आइतबार) दिउँसो देशभर आंशिक बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा पनि आज दिउँसो बदली भई सामान्य वर्षा हुने महाशाखाले जनाएको छ ।

काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

सूर्योदय आज बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस