नेपाल भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज


२० भाद्र २०७८, आइतबार


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार) भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ।

नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारतबीचको खेल अपराह्न ५:३० बजे सुरु हुनेछ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो। साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ। नेपाल र भारतबीचको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

पहिलो खेल बराबरीमा सकिएको कारण दुवै टिम दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा रहेका छन्। दुवै टोलीका प्रशिक्षकले दोस्रो खेलमा कमीकमजोरी सुधार गर्दै जित निकाल्ने बताएका थिए।

नेपालको यस खेल भारतसँगको २१ औँ खेल हुनेछ। तर, भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । हालसम्म भारतले १३ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।

नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस