माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु


१९ भाद्र २०७८, शनिबार


बुटवल । अर्घाखाँचीमा माइक्रो बस (हायस) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका–९ का सन्जय विक रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बा३ख ८६३९ नम्बरको गाडी शितगंगा–३ को आर्मी ब्यारेक नजिकै सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो ।

चालक सहचालकसहित १३ जना यात्रु सवार रहेकामा दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस