सेजन अध्यक्षमा बराल निर्वाचित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेजन अध्यक्षमा बराल निर्वाचित


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन् । उनले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् । सदस्यमा राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता चेतबहादुर अधिकारी(सिबी), अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भएका छन् ।

यसअघि आजै सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । उद्घाटन सत्रमा सेजनका पूर्वअध्यक्ष, प्रतीक प्रधान, गोपाल तिवारी, गोकर्ण अवस्थीलगायतले आर्थिक पत्रकारिताको विकास र विस्तारका लागि सेजनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस