उपाध्यक्ष वामदेव गौतमले दिए एमालेबाट राजीनामा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उपाध्यक्ष वामदेव गौतमले दिए एमालेबाट राजीनामा


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अन्ततः औपचारिक रुपमा पार्टी छाडेका छन् । उनले आज (शुक्रबार) साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन् ।

गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्र बुझाएको उनका स्वकीय सचिव दीपक टमाटाले जानकारी गराएका छन् । गौतमले एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएको टमाटाले बताए ।

तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान शुरु गरेका थिए । नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना भएपछि अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल दुवै पक्षतर्फ छलफल चलाइरहेका गौतम पार्टी विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने चर्चा थियो । तर पछि जनताको बहुदलीय जनवाद (जबज) नमानेको भन्दै गौतमले नेकपा समाजवादीमा पनि नजाने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस