डब्लुएचओका महानिर्देशक टेड्रोससहितको टोली आगामी साता नेपाल आउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डब्लुएचओका महानिर्देशक टेड्रोससहितको टोली आगामी साता नेपाल आउँदै


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानाम घेब्रेयेसेससहित उच्च पदाधिकारीको टोली आगामी साता नेपाल आउने भएका छन् ।

आगामी भदौ २१ देखि २५ सम्म नेपालमा आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाको चौहत्तर सत्र तथा डब्लुएचओ क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठकमा सहभागी हुन महानिर्देशक डा. टेड्रोससहितका पदाधिकारी काठमाडौँ आउन लागेका हुन् ।

डब्लुएचओको दक्षिण पूर्वी एसियाको कार्यालयले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै उक्त बैठकमा क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंह, क्षेत्रीय सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरु, राष्ट्रसंघीय साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधि सहभागि हुने जनाएको छ ।

उक्त बैठकमा विद्यमान कोभिड महामारी तथा स्वास्थ्य सर्वव्यापी पहुँच हासिल गर्नको लागि अत्यावश्यक सेवाहरुको अझ राम्रो पुननिर्माणका उपायहरुबारे छलफल हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस