माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठक आज (शुक्रबार) साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनुका साथै पार्टीको निर्वाचन कार्यविधिका बारेमा समेत छलफल हुने स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिएका छन् ।

यसअघि नेकपा माओवादी केन्द्रले पार्टी विधान बनाएको छ । उक्त विधान आगामी पुसमा हुने सम्मेलनबाट परिमार्जनसहित पारित गर्ने माओवादीको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस