भक्तजनका लागि पशुपतिनाथको मन्दिर खुला गरिँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भक्तजनका लागि पशुपतिनाथको मन्दिर खुला गरिँदै


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । पशुपतिनाथ मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको छ ।

कोरोना सङ्क्रमणका कारण लागू भएको निषेधाज्ञाले बन्द हुन पुगेको पशुपति गुह्येश्वरी लगायतका मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार भदौ २५ गतेदेखि नाथ र गुह्येश्वरी मन्दिर खुला गर्ने विषयमा आवश्यक तयारीका लागि कोषले सम्बद्ध सरोकारवालासँग परामर्शका लागि बोलाएको छ ।

वैशाख १६ गतेदेखि पाँच महिना बढी यी मन्दिर नित्य पूजाका लागि बाहेक सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस