देउवा सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्दै छ : उपाध्यक्ष रावल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवा सरकारले एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता गर्दै छ : उपाध्यक्ष रावल


१८ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको आरोप छ ।

सुरुदेखि नै एमसीसीको चर्को विरोध गर्दै आएका रावलले आज (शुक्रबार) ट्विटर मार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन्

‘नेपालमा द्वन्द्व पछि अस्थिर राजनीतिक स्थितिमा एमसीसी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ’, रावलले भनेका छन्, ‘सरकार जन अनुमोदित होइन । देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

एमसीसीकी उपाध्यक्ष फतिमा सुमारअर्को साता नेपाल आउने तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस