दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग सरकारको प्राथमिकतामा : अर्थमन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग सरकारको प्राथमिकतामा : अर्थमन्त्री


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालन गर्नेतर्फ सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले आज आयोजना गरेको श्रव्यदृश्य बैठकमा उनले उत्पादनमूलक उद्योगको विकास र प्रवद्र्धन गर्न नै सरकारले विशेष ध्यान दिएको बताएका हुन् । वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको भन्दै मन्त्री शर्माले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगसहित साना तथा मझौला उद्योग सञ्चालनका लागि आइएफसीसँग सहकार्य गर्न सकिने बताए ।

दैनिक उपभोग्य वस्तु स्वदेशमै उत्पादन गरेर आयातलाई घटाउने सरकारको मुख्य लक्ष्य रहेको उनले बताए । ‘दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगमा हाम्रो प्राथमिकता छ’, मन्त्री शर्माले भने, ‘यस्ता उत्पादनबाट आयातलाई घटाउनु हाम्रो मुख्य उद्देश्य रहेको छ ।’

हाल नेपालमा साना तथा मझौला उद्योगमा लगानी गर्न आवश्यक रहेको चर्चा गर्दै मन्त्री शर्माले यसका लागि आइएफसीसँग सहकार्य गर्न सकिने बताए । मन्त्री शर्माले सकारको ध्यान कोभिड–१९ महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमै रहेकाले यसमा आवश्यक सहयोग गर्न आइएफसीलाई आग्रह गरे । आइएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस