नासुको पदपूर्ति यथास्थितिमा राख्दै १५ दिन भित्र लिखित जवाफ दिन लोक सेवालाई सर्वोच्चको अन्तरिम आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नासुको पदपूर्ति यथास्थितिमा राख्दै १५ दिन भित्र लिखित जवाफ दिन लोक सेवालाई सर्वोच्चको अन्तरिम आदेश


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतले नायब सुब्बा(नासु)को पदपूर्ति यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।

स्थानीय र प्रदेशमा समायोजन भएका नासुहरूले सङ्घमा नै समायोजन गर्नुपर्ने भन्दै दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पेसी मितिसम्म पदपूर्ति सम्बन्धी काम कारबाही यथास्थितिमा राख्न लोक सेवा आयोगका नाममाआदेश दिएको हो । अदालतले भदौ ३० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

समायोजन भएका नासुहरुले आफूहरूलाई सङ्घमा नै समायोजन गर्नुपर्ने भनी मिति २०७८ भदौ ११ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस