बितेको २४ घण्टामा थप २००४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बितेको २४ घण्टामा थप २००४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु


१७ भाद्र २०७८, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८४६ रहेको छ । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख २१ हजार १८२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, कोभिड–१९ बाट बितेको २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएका छन् । हालसम्म १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा हाल ३३ हजार ९४६ सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन् । ३०२ जना क्वारेन्टिनमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस