नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय स्थापना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय स्थापना


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ ।

सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हाल्नुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिए ।

आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उनीहरुलाई संसदीय दलको नेतामा चयन गरेको थियो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस