२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो । महाशाखाले आज एक कार्यक्रमका बीच उक्त सेवा शुभारम्भ भएको घोषणा गरेको हो ।

उक्त सेवा प्रारम्भ भएसँगै पैसा तिर्न प्रहरी कार्यालयमा वा बैंंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रहरीले क्यूआर कोड भएको चिट काटेर दिनेछ । त्यही चिटको आधारमा मोबाइलबाट स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले सातै प्रदेशमा प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको जानकारी दिए।

हातले रसिद काटेर जरिवाना लिने क्रमको अन्त्यका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष ध्यान दिँदै अघि बढेको र त्यही सिलसिलामा नयाँ सफ्वेयरको विकास गरी सेवा प्रारम्भ गरिएको उनको भनाइ थियो । केही दिनभित्रैमा ३०/४० वटा बैंकमार्फत पैसा तिर्न सकिने गरी सफ्टवेरमा जोडिन पनि महाशाखाले जनाएको छ । निकट भविष्यमा नै डिजिटल चिट प्रणालीमा जाने तयारी गरिएको जानकारी दिँदै उनले चालकको मनस्थितिमा परिवर्तन ल्याउनु अर्को चुनौतीपूर्ण कुरा रहेको बताए।

महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्माले नागरिक प्रविधिमैत्री भइसकेको सन्दर्भमा हामीले पनि प्रविधिको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिए । तथ्याङ्क हेर्दा ६० प्रतिशत नागरिकसँग स्मार्ट फोन छ भने ७३ प्रतिशत मानिसले बैंक खाता खोलिसकेका छन् । त्यसैले पनि क्यूआर कोड प्रयोग प्रभावकारी हुने दाबी महाशाखाको छ ।

यो प्रविधिको प्रयोगसँगै अब घण्टौँ लाइनमा लागेर पैसा तिर्नुपर्ने बाध्यता रहने छैन । ट्राफिकसम्बन्धीका अन्य गतिविधिलाई पनि प्रविधिमैत्री बनाउँदै लगिएको जनाइएको छ । यसरी शुल्क तिर्दा आफूलाई पायक पर्ने ठाउँमा गएर आफ्नो कागजपत्र लिन पाउने व्यवस्थासमेत मिलाइने महाशाखाले जनाएको छ ।