प्रदेश २ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश २ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी


१७ भाद्र २०७८, बिहिबार


जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरु बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादी दल रोजेको जानकारी गराएका हुन् ।

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव रहेका छन् ।

सांसद दिल्ली उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् आफ्नो सनाखत गराउने भएका छन् भने, सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्को दिन आएर सनाखत गर्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस