पूर्वसचिव रेग्मीको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वसचिव रेग्मीको निधन


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहेका उनको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

लामो समयसम्म गृहसचिव रहेका उनी कुशल प्रशासकका रूपमा चिनिएका थिए । उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन् ।

उनकी श्रीमती र दुई छोरा छन् । छोरा विदेशमा रहेकाले उनी स्देश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस