सामलिङ पावर कम्पनीको आईपीओ भोलिदेखि « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सामलिङ पावर कम्पनीको आईपीओ भोलिदेखि


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । सामलिङ पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि भोलि (शुक्रबार)देखि आवेदन खुला हुने भएको छ ।

कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।

यस अघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए पनि समयमा आईपीओ खुला हुन सकेको थिए । आईपीओ प्रतिशेयर १०० अङ्कित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात् २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं- ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं- ४ र ५ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असोज १ गतेसम्म रहेको छ भने ढिलोमा असोज १७ गतेसम्म विक्री हुनेछ ।

आईपीओमा नेपाल एसबिआई बैङ्क, एनएमबि बैङ्क, सिद्धार्थ बैङ्क, सिभिल बैङ्क र लक्ष्मी बैङ्कका इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस