अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज (बिहीबार) बिहान छलफल भएको हो ।

करिब २० मिनेट जति भएको छलफल सरकारको सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले बताएको छ ।

नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने भनिए पनि अझै टुङ्गो लागिसकेको छैन ।

निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस